श्रावण १४, काठमाडौं ।
कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु भएको छ ।
मंगलबार राति नरहरिनाथ गाउँपालिका–४ गोदी र ७ बाँगामा घर घर माथिबाट आएको पहिरोले पुरिँदा ९ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टले बताए ।
त्यस्तै पहिरोमा परी २ जना घाइते भएका छन् । घाइते भएका २ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । मृतकहरुको पहिचान भने खुलेको छैन । अहिले घटनास्थलमा प्रहरी परिचालन गरिएको छ ।


