श्रावण १४, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछाने बिहीबार वेष्ट इन्डिज जाँने भएका छन् । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-ट्वान्टी क्रिकेट खेल्न उनी वेष्ट इन्डिज जाने भएका हुन् ।
कोरोना माहामारीका कारण अन्तर्राष्ट्रिय हवाई उदान बन्द रहेकाले सन्दीप सीपीएल खेल्न जाने निश्चित भएको थिएन् । तर उनी चार्टर्ड फ्लाइटबाट अमेरिका हुँदै वेष्टइन्डिज प्रस्थान गर्ने निश्चित भएको छ ।
यस सिजन सन्दीपले जमैका तलावाजबाट खेल्ने छन् । सन्दीप आबद्ध जमाइकाको पहिलो खेल अगष्ट १९ मा सेन्ट लुसिया जौक्ससंग खेल्नेछ । सन्दीपले तेस्रो पटक सीपीएल खेल्न लागेका हुन् । सन्दीपले जमैका तलाबाजबाट खेल्न ९० हजार डलरका अनुबन्ध गरेका थिए । ट्रिनिडाड एन्ड टोबेगोमा हुने प्रतियोगिता सेप्टेम्बर १० सम्म हुनेछ ।
क्यारिबयन सरकारले र सीपीएल आयोजकले प्रतियोगिता खेल्न आउने खेलाडीले दुई साता क्वारेन्टिन बस्नुपर्ने प्रावधान राखेको छ । त्यसैले अगष्ट १ भित्रै खेलाडीलाई प्रतियोगितास्थल पुग्न भनिएको छ । अगष्ट १ भन्दा ढिलो आउने खेलाडीलाई टिमले क्याम्पमा सहभागी गराउने छैन ।


