मंगलबार बिहान काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीअघि चेकिङ गर्ने क्रममा १५ किलो नक्कली सुन र २ वटा पेस्तोल फालेर फरार भएको थियो । आधा किलो सक्कली, १४ किलो नक्कली सुन र २ वटा पेस्तोल फालेर फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले चेकिड गर्ने क्रममा बा ६ च ५५१९ नम्बरको सिल्भर कलरको स्कर्पियो गाडीबाट उनीहरुले सुन पेस्तोल सहितको झोला फालेर भागेका थिए ।
यसरी भाग्ने मध्ये तीन जनालाई प्रहरीले नवलपरासीबाट पक्राउ गरेको हो । उनीहरू तीनै जना भारतीय नागरिक रहेको प्रहरीको दाबी छ । नवलपरासीको नेपाल÷भारत सीमामा भारत छिर्न लाग्दा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले प्रयोग गरेको स्कार्पियोको नम्बर भने नक्कली टाँसेर नेपाल छिरेको अनुमान प्रहरीको छ । उनीहरु ३ जना भन्दा बढी भएको अनुमान सहित अन्यको खोजी कार्य प्रहरीले जारी राखेको छ । गाडी भने उनीहरूले काठमाडौंमै छाडेर ट्याक्सी चडेर नवलपरासी हुदै भारत जान लागेको समय पक्राउ परेका हुन् ।
प्रहरीले चेक गर्दा १५ किलोमध्ये आधा किलो मात्र सुन र बाँकी चाँदीमा सुनको जलप लगाएको भेटिएको प्रहरीले जानकारी दिएको थियो ।


