श्रावण १५, काठमाडौं ।
वीरगञ्जमा ४ स्वास्थ्यकर्मीसहित थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चार जना स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पताल स्रोतका अनुसार नयाँ संक्रमितमध्ये ५० जना पर्सा जिल्लाका र ३ जना बाराका रहेकरहेका छन् । त्यस्तै नारायणी अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको छ । नयाँ संक्रमित ३ वर्षदेखि ६० वर्ष उमेर समूहका छन्।


