श्रावण १५, काठमाडौं ।
सरकारले बाढी, पहिरो नियन्त्रणको लागि ६ अर्ब सहयोग माग्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले एक कार्यदल गठन गरेर एसियाली विकास बैंकसँग ६ अर्ब रुपैयाँ अर्थात् ५० मिलियन डलर सहयोग माग्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उक्त सहयोगको कार्ययोजना तयार गर्न समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले बताए । एडीबीले दिने सहुलियतपूर्ण ऋणको भुक्तानी अवधि ८ वर्षको ग्रेस अवधिसहित ३२ वर्षको रहने गरी प्रस्ताव गर्ने अर्थ मन्त्रालयको तयारी छ।


