श्रावण १५, काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । आज ६ हजार ३ सय ४ जनाको पीसीआर परीक्षण गरिएको थियो। त्यस्तै बिहीबार २ सय २७ जना निको भएर डिस्र्चाज भएका छन् । यो संगै निको हुनेको संख्यो १४ हजार २ सय ४८ पुगेको छ ।


