Banijya News

एकैदिन १८ सव नेपाल ल्याइयो, अलपत्र १ हजार १७२ नेपाली पनि फर्किए

1
1.0K Shares

विभिन्न मुलुकबाट दुर्घटना लगायतका कारणले मृत्यु भएका १८ सव नेपाल ल्याइएको छ । आज एकैदिन क्वालालम्पुरबाट १४ र दोहाबाट ४ गरी १८ शव नेपाल ल्याइएको हो । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका सवहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत आज स्वदेश ल्याईएका हुन् ।


सव सँगै विभिन्न मुलुकमा अलपत्र १ हजार १७२ नेपाली स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडानमार्फत उत्त यात्रु स्वदेश फर्किएका हुन् ।


नेपाल एयरलाइन्सले दोहाबाट १ सय ५० यात्रु र ४ शव, क्वालालम्पुरबाट २५२ यात्रु, २ बच्चा र १४ शव नेपाल ल्याएको हो । हिमालय एयरलाइन्सले अबुधाबीबाट १५४ यात्रु काठमाडौं ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज अबुधाबी, क्वालालम्पुर र चीनको कुनमिङ उडेको छ ।

त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट १७० नेपाली काठमाडौं ल्याएको छ । फ्लाई दुबईले दुबईबाट १५२ यात्रु ल्याएको छ । कतार एयरवेजले दोहाबाट १३९ यात्रु नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६५ यात्रु काठमाडौं ल्याएको छ ।

1

Scroll to Top