लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा इन्जिनियर सुशील भट्टलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सीईओमा नियुक्ति गरेको हो । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन्। उनीसँग बैंकिङ क्षेत्रको अनुभवदेखि योजना आयोगको पनि अनुभव छ। राष्ट्रिय योजना आयोगमा सदस्य रहेका भट्टले पूर्वाधार क्षेत्र हेरेका थिए ।
ठूलो लगानी भित्र्याउनका लागि सहजीकरण गर्ने उद्देश्यका साथ गठन गरिएको लगानी बोर्डमा यसअघि राधेश पन्त र राष्ट्र बैंकका हालका गभर्नर महाप्रसाद अधिकारीले सीईओका रूपमा काम गरेका थिए ।


