कोरोना भाइरस संक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर– ५, आदर्श टोलका ७७ वर्षीय एक पुरुष रहेका छन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई सोमबार विहान कोशी अस्पताल भर्ना गरिएको थियो ।
उच्च ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिएका उनलाई परिवारले अस्पताल लगेर उपचार गरेपनि दिउँसो ३ बजे मृत्यु भएको हो । अस्पतालमका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासका अनुसार उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ ।


