काठमाडौँ– कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमो चाबहिलमा रहेको ओम अस्पातलमा धनुषाकी ७२ वर्षीया एक महिलाको मृत्यु भएको छ । ५ दिन अगाडि उपचारको लागि भर्ना भएकी उनको उपचारका क्रममा बुधबार मृत्यु भएको हो । उनको आज बिहीवार मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई ५ दिन अगाडि आइसियूमा भर्ना गरिएको अस्पतालले बताएको छ । मृतक दम, उच्च रत्तचाप, होइपोथाइरोडिजमकी विरामी थिइन् । उनीसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ ।


