Banijya News

प्रधानमन्त्री सहितका भिभिआइपीको कोरोना परीक्षण हुँदै

1
1.0K Shares

काठमाडौँ–
प्रधानमन्त्री सहितका भिभिआइपीको कोरोना परीक्षण गरिने भएको छ । शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको प्रधानमन्त्रीका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिए । साथै प्रधानमन्त्रीसँग नियमित सम्पर्क हुनेहरुको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ ।

कोरोना भाइरसको संक्रमण पुष्टि भएका प्रदेश–२ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री ओलीको स्वाब संकलन गरिएको हो । उनी प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातैवटा प्रदेशका आन्तरिक मामिला मन्त्री, गृहसचिव लगायतसँगको बैठकमा सहभागी भएर फर्किएका थिए । घर गएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो । पछिल्लो गतिविधी नै यादवले प्रहरी समायोजन सम्बन्धी बालुवाटारमा भएको बैठकमा सहभागी थिए । काठमाडौँबाट फर्किएपछि गरिएको पीसीआर परीक्षणमा मन्त्री यादवलाई कोरोना संक्रमण देखिएको थियो । उनलाई अफ्नो क्षेत्रमा कार्य गर्ने शिलशिलामा कोरोना संक्रमण भएको हो, या त काठमाडौमा भएको खुल्न सकेको छैन् । अव प्रधानमन्त्री लगायतको स्वाव संकलनको रिपोर्टले सो निर्कोल गर्ने छ ।

1

Scroll to Top