कोशी अस्पतालमा ५८ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । अस्पतालका अनुसार विराटनगर महानगरपालिका–९ का पुरुषको शुक्रबार विहान ९ बजेर १५ मिनेटमा मृत्यु भएको हो ।
एकसाता देखि उपचाररत उनको उपचारको क्रमिमा मृत्यु भएको हो । उच्च रक्तचापले समेत पीडित पुरुषको मृत्यु लगत्तै उनको स्वाब संकलन गरिएको थियो । अस्पतालकै ल्याबबाट दिउँसो ३ बजे मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।


