Banijya News

काठमाडौ उपत्यकामा नै थपिए १०६ जना कोरोना संक्रमित

1
1.0K Shares


काठमाडौँ– काठमाडौँ उपत्यकामा शुक्रबार थप १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका ९२ जना, ललितपुरका १० र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १४, ललितपुरका ३ जना, वीर अस्पतालमा गरिएको परिक्षणका काठमाडौँका ४ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परिक्षणमा काठमाडौँका १ जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ५, भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो ।


त्यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका २, काठमाडौँका ३९ र ललितपुरका ३ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ७ जना र स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ११ र ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरि विध ल्याबमा गरिएको परिक्षणमा ललितपुरका १ र काठमाडौँका २ जना, सूर्य हेल्थ केयरमा काठमाडौँमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ र काठमाडौँका १ जना ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ४ जना कोरोना पुष्टि गरेको छ ।

1

Scroll to Top