Banijya News

अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान १५ भदौसम्म नखुलाउने सीसीएमसीको प्रस्ताव

1
1.1K Shares

कोरोना संक्रमण बढदै जाँदा अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान १ भदौदेखि खुलाउने प्रस्तावलाई पछि धकेलेको छ । उपत्यका लगायत देशका अधिकांस स्थानमा संंक्रमितको संख्या बढ्न थालेपछि सीसीएमसीले १ भदौबाट सञ्चालन गरिने भनिएका सबै क्षेत्र १५ भदौसम्म नखोल्न प्रस्ताव गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को आजको बैठकले यस्तो प्रस्ताव गरेको हो ।

साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि १ भदौदेखि सुरु गर्ने निर्णय गरेको थियो । तर, सो निर्णय उल्टियाउँदै साउन १५ देखि मात्र खुलाउँने निर्णय गरेको हो ।

त्यसैगरी सरकारले मुलुकभर आइसोलेसन र क्वारेन्टिनको अभाव देखिएकाले स्थानीय तहको समन्वयमा थप व्यवस्था गर्ने  भएको छ । सीसीएमसीको बैठकले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले त्यसको व्यवस्थापनका लागि थप आइसोलेसन कक्ष थप गर्ने निर्णय गरेको हो । 

बैठकले स्थानीय तह र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको छ ।
सरकारले तोकेका स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड प्रयोग नगर्दा सङ्क्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष पनि बैठकले निकालेको छ ।

1

Scroll to Top