Banijya News

रेल विभागको ३२ अर्बको ठेक्का नरोकिने, सम्झौता गरेर मुभिलाइजेसन बापत २० प्रतिशत लिने तयारी

1
1.1K Shares

काठमाडौँ – रेल विभागले निकालेको ३२ अर्बको ठेक्का रोक्ने अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । याक्थुम्बाहाङ निर्माण सेवाका तर्फबाट तेजकुमार कुरुम्वाङले रेल मार्गमा अधिग्रहण हुने घरजग्गा र अन्य सम्पत्तिको मूल्य नतोकिएको भन्दै ठेक्का बदर गर्न माग गर्दै साउन १८ गते रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमा सोमबार पाटन उच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले ठेक्का रोक्ने अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । त्यस समय अदालतले १५ दिनभित्र ठेक्का निकाल्नुको कारण पेश गर्न भनेको थियो ।


यस अगाडि रेल विभागले गत असार असार १४ र १७ गते आह्वान गरेका ३२ अर्बको ५४ वटा ठेक्का यथावत राखेर अन्तरिम आदेशबारे छलफल गर्न सोमबार उपस्थित हुन न्यायाधीश शान्ता सेढाई सापकोटाको एकल इजलाशले आदेश दिएको थियो । सोनबारको आदेशले ठेक्का रोक्ने अस्वीकार गरेको हो । सोमबार अदालतले उक्त आदेशलाई निरन्तरता दिनु नपर्ने निर्णय गरेको रजिष्टार बाबुराम दाहालले जानकारी दिए ।


नयाँ ओदशसँगै अव साडट क्लिएर नहुँदै ठेक्का सम्झौता गरेर ठेकेदारले मुभिलाइजेसन बापत २० प्रतिशतसम्म रकम लिन पाउँने छ । आयोगजनका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण नहुँदासम्म ठेक्का आह्वान गर्न नहुने व्यवस्था सार्वजनिक खरिद नियमावलीले गरेको भएपनि त्यस्को तयारी समेत भएको छ । यदी यस्तो भएमा विवादको कारण देखाउँदे वर्षौसम्म आयोजना अलपत्र पर्दै रकम ठेकेदारले उपभोग गर्ने सम्भावना हुन्छ ।


पूर्व–पश्चिम रेलमार्गअन्तर्गत रेल्वे ट्रयाक बेड (लिक बिछ्याउने ट्रयाक) बनाउन रेल विभागले ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएको ठेक्का असार १४ मा ३० वटा र १७ गते २४ वटा सार्वजनिक गरेको थियो । १०६ किलोमिटर खण्डमा रेल्वे ट्रयाक बनाउन ठेक्का निकालिएको हो । किलोमिटर रेल मार्ग निर्माणका लागि ६ सय बिघा भन्दा बढी जग्गा अधिग्रहण गर्नुपर्नेछ ।

1

Scroll to Top