Banijya News

गोंगबु हत्याकाण्डः पहिला दहिमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर पछि टुक्रटुक्रा पारेको बयान

1
1.1K Shares

गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई नेपाल प्रहरीले सार्वजनिक गरेको छ । तीन दिनअघि गोंगबुुमा दाङका कृष्णबहादुर बोहोराको हत्या गरी फरार अभियुक्त प्रहरीले सार्वजनिक गरेको हो । सो आरोपमा प्रहरीले ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) लाई चितवनबाट पक्राउ गरेको छ । घटनामा कल्पनाका आमाछोरीको संलग्नता रहेको निस्कर्षमा पुगेको प्रहरीले आज हत्यारा सार्वजनिक गरेको हो ।
गत आइतबार गरिएको कोठामा डेरा गरी बस्ने कल्पना र उनकी १५ वर्षीया छोरीलाई चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको हो । उनीहरुको बयानका आधारमा प्रहरी उनीहरुले नै हत्या गरेको निस्कर्षमा पुुगेको हो ।

प्रहरीले मृतकको पहिचानका लागि सोमबार मृतकको फोटो र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको थियो । प्रहरीले हत्यामा थप व्यक्तिको संलग्नताको आशंका गरे पनि कल्पनाले अन्यको संलग्नता नरहेको बयान दिएकी छन् । कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि हत्या गरेको पाइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । बोहरालाई मारिसकेपछि सुटकेशमा राखेर शवलाई बाहिर व्यवस्थापन गर्न कल्पनालाई उनकी छोरीले सहयोग गरेको प्रहरीको दाबी छ।

प्रहरी श्रोतका अनुसार आफूमाथि यौन हिंसा भएकोले हत्या गर्न बाध्य भएको उनको बयान छ । ‘आफूमाथि पटक–पटक यौन हिंसा भएपछि सुरुमा अण्डकोषमा हानेँ, पछि खुकुुरीले घाँटी र खुुट्टा काटेँ,’ अनुुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उनलाई उद्धृत गर्दैै भने । उनले नक्कली फेसबुक आईडी बनाएर आफूलाई दुःख दिन थालेपछि हत्या गरेको बताएकी छन् । अन्तरंग तस्वीरहरु नक्कली फेसबुक आईडी बनाएर सार्वजनिक गर्न थालेपछि र आफूअनुकूल चल्न दबाव दिन थालेपछि हत्या गरेको वयान उनले दिएकी छिन् ।

काटिसकेपछि जिउ सुटकेसमा तथा खुुट्टा र टाउको जेब्रा झोलामा राखेर छुुट्टा छुुट्टै स्थानमा फालिएको थियो । शव मिल्काउन छोरीको सहयोग लिएको कल्पनाले बताएकी छन् ।

हत्यामा प्रयोग भएका दुुईवटा खुुकुरी र हम्मर प्रहरीले फेला पारिसकेको छ । गएको आइतबार बिहान बोहोराको शव सडकमा फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तर, टाउको र खुुट्टा भने ३ सय मिटर टाढा खाली जग्गाको कुुनामा फेला परेको थियो ।

1

Scroll to Top