पाल्पाको निस्दीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । निस्दीको ज्यामिरेबाट गल्धातर्फ जाँदै गरेको लु. १ ज. २८८७ नम्बरको जिप गल्धाको पटकसर नजिकै मंगलबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १० जना सवार गाडिमा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
जिप दुर्घटनामा परी निस्दी गाउँपालिका-५, गल्धा गाँवुडाँडाका ६३ वर्षीय ठकुरप्रसाद फाल र निस्दी-४, मित्याल काफलका ३ महिने बालकको घटना स्थलमै मृत्यु भएको हो ।
सडक भाँसिएर जीप दुर्घटनामा परेको निस्दी-४, का वडा सदस्य रनबहादुर गाहाले जानकारी दिए । जिप सडकदेखि करिब ७ सय मिटर तल खसेको छ ।


