Banijya News

कोरोनाबाट थप ८ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ९१ पुग्यो

1
1.0K Shares

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु धनुषाका २ जना, काठमाडौं, धादिङ सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् ।

पछिल्लो समय मृत्यु हुनेमा सप्तरीमा ८० बर्षिय पुरुषको छन् । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका-८ घर भई राजविराज-६ स्थित सिरहा रोड बस्दै आएका ति वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

४ दिनअघि ज्वरो आएपछि उनले स्वाब परीक्षण गर्न दिएका थिए । मंगलबार राति रिपोर्ट पोजिटिभ आएपछि आइसोलेसनमा भर्ना हुनका लागि एम्बुलेन्समा चढेलगत्तै उनको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।


स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार मृत्यु हुनेमा धनुषाका दुई र सिन्धुपाल्चोकका एक जना छन् । धनुषाका ६० वर्षीय पुरुषको साउन २६ गते प्रादेशिक अस्पतालमा जनकपुरमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

धनुषाकै क्यान्सर अस्पतालमा काम गर्ने ५० वर्षीय पुरुषको साउन २५ गते मृत्यु भएको र उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले पुष्टी गरेको हो । यस्तै गत साउन २२ गते काठमाडौंको मनमोहन कार्डियोभास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा मृत्यु भएका सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । यसैबीच काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण सोमबार मृत्यु भएको थियो ।

1

Scroll to Top