Banijya News

प्राथमिक शेयर बिक्री नहुने समस्या अन्त्य हुदै, १० करोडको नेटवर्थ भएका लगानीकर्तालाई सूचीकृत हुन आग्रह

1
1.0K Shares


काठमाडौं-नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताहरुलाई सूचीकृत गर्नको लागि प्रकृया अगाडि बढाएको छ । बोर्डले न्युनतम १० करोड रुपैयाँ नेटवर्थ भएका तथा धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित कम्पनीलाई तोकिएको समय ३५ दिन भित्र निवेदन दिन भनेको छ ।


बोर्डले प्राथमिक शेयर निष्काशनका लागि बुक बिल्डिङ विधि लागू गरेसँगै यसका लागि संस्थागत लगानीकर्ताको भूमिका हुने छ । बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशन गर्दा सबैभन्दा पहिले संस्थागत लगानीकर्ताहरुले सेयर बिक्री गर्ने छन् । उनीहरुले आह्वान गरेको मूल्यको औसत मूल्य निर्धारण हुन्छ । यसरी निर्धारण भएको सेयर संस्थागत लगानीकर्तामार्फत् सर्वसाधारणका लागि जारी गरिन्छ । यो विधि अपनाएसँगै प्राथमिक शेयर बिक्री नहुने समस्या अन्त्य हुनेछ ।

सूचनामा सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोष योजना, मर्चेन्ट, मान्यताप्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ १० करोड रुपैयाँ भएका धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित कम्पनीहरुले संस्थागत लगानीकर्ताको रुपमा निवेदन दिन सकिने भनेको छ ।

1

Scroll to Top