राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा बुधबार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका थिए । नेपाली सेना र सशस्त्र प्रहरीले अन्तिम सलामी अर्पण गरिएको थियो ।
राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि घरमै उनलाई अक्सिजन दिएर राखिएको थियो ।
बनारसबाट शास्त्री प्रथम खण्ड उत्तीर्ण गरेपछि उहाँले भाषानुवाद परिषदबाट मासिक २५ रुपैयाँ तलबमा लेखक पदमा रहेर काम गर्नुभएको थियो । स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका उहाँ कुशल गीतकार पनि हुनुहुन्थ्यो । चर्चित राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का रचनाकार घिमिरेका ‘फूलको थुङ्गा बगेर गयो ‘आजै र राति के देखेँ सपना’ निकै चर्चित छन् ।
घिमिरेले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख- प्रबन्धजस्ता अनेकौं विधा–उपविधाहरुमा निरन्तर कलम चलाउदै आउनु भएको थियो ।
हेरौं घिमिरेका अन्तिम विदाईमा लिइएका केही तस्विरहरु 




फोटोहरुः रासस, मिडिया


