पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट देशभर निधन हुनेको संख्या १ सय २६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६ जनाको मृत्यु भएको जाकारी दिए । उनका अनुसार काठमाडौंमा १ महिला, मकवानपुरमा १ सप्तरीमा १, पर्सामा एक महिला र पुरुष गरी दुई जनाको कोरोनाका कारण मृत्यु भएको बताएका छन् ।


