Banijya News

कोरोनाको औषधि नेपालमाः प्रयोगबारे स्वास्थ्य अनुसन्धान परिषद्ले प्रोटोकल मिलाउदै

1
1.1K Shares

काठमाडौं । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर इन्जेक्सन नेपाल आइपुगेको छ । सो औषधि कानुनी बाटोबाट पहिलोपल्ट नेपाल आएको हो ।
कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको औषधि रेमडेसिभिर कानुनी बाटोबाट नेपाल ल्याउनलाई गत शनिबार नेपालका तीनवटा कम्पनी यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई अनुमति दिएको थियो । सोही आधारमा यो नेपाल प्रबेश गरेको हो ।


नेपाल ल्याउने औषधी सिधै कोरोना निको पार्ने भने होइन् । यो सन् २००९ मा इबोलाविरुद्ध प्रयोग भएको रेमडेसिभिर नामक औषधि हो । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएकाले विश्वका विकसित देशहरुले यसको प्रयोगमा अनुमति दिएका छन् । यही भएर नेपालमा पनि कोरोना संक्रमितकाले लागि यस्को परीक्षण हुने भएको हो ।


नेपाल औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कोरोनाको उक्त औषधि नेपाल आएको बताए । अनुमति पाएको सिनर्जी ओभरसिज नामक कम्पनीले माइलन ब्राण्डको रेमडेसिभिर नामक इन्जेक्सन नेपाल ल्याएको उनले दाबी गरेका छन् ।

यो औषधि सिधै अस्पतालको निगरानीमा संक्रमित बिरामीको उपचारमा प्रयोग हुनेछ । भारतबाट ल्याइएको रेमडेसिभिर कसरी प्रयोग हुन्छ भन्ने प्रोटोकल मिलाउने जिम्मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले पाएको छ । नेपालका अस्पताल, चिकित्सक र बिरामीको निगरानीमा रेमडेसिभिर प्रयोग गर्ने छ । कोभिड बिरामीको उपचार गर्ने अस्पतालमा यो औषधि उपलब्ध हुनेछ । अनुसन्धानका लागि प्रयोग गरिने यो औषधिको प्रभाव बारे प्रयोगपछि मात्र थाहा हुने छ । नेपालमा नेपालमा यस्ता औषधि समय समयमा परीक्षण हुँदै आएका छन् ।

1

Scroll to Top