काठमाडौं ।
नेपाली बजारमा आज सुन प्रतितोला सयले घट्दै ९७ हजार ९०० मा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी आज १,३२० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । आइतबार पनि ४ सयले सुनको मूल्य घटेको थियो ।
मंगलबार २२ सयले बढ्दै सुन प्रतितोला १ लाख ४ सयमा कारोबार भएको थियो । बुधबार मूल्यस्थिर रहेको थियो । विहिबार सुनको मूल्यमा १६ सयले गिरावट आएको थियो । शुक्रबार स्थिर रहेको सुनको भाउ यो साताको पहिलो दिन ४ सयले घटेको हो ।


