काठमाडौं-चालु आर्थिक वर्षको पहिलो एक महिनामा एक अर्ब ४० करोड रुपैयाँको बोनस शेयर सूचीकृत भएका छन् । गत आर्थिक वर्षमै साधारणसभाबाट पारित भएका बोनस शेयर कारोबारका लागि नेप्सेमा सूचीकृत भएका हुन् ।
नेपाल स्टक एक्सचेन्जमा १५ कम्पनीले एक करोड ४० लाख कित्ता बोनस शेयर सूचीकृत गरेका हो । १५ कम्पनीमध्ये ७ वटा लघुवित्त वित्तीय संस्था छन् भने दुई वटा विकास बैंक छन् ।


