Banijya News

राजधानीमा निषेधाज्ञाको समय लम्बिने, अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिने

1
1.1K Shares

काठमाण्डौ – उपत्यका मेयर फोरमको काठमाण्डौमा बसेको बैठकले उपत्यकाभित्र कोरोना भाइरस सङ्क्रमणको दर अझै कम नभएको अवस्थामा अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।उपत्यका नगरपालिका मेयर फोरमले पालिकाले दिने अत्यावश्यक बाहेकका सेवा भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । यसअघि साउन २६ गतेको बैठकले भदौ ९ गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

यस बाहेक कोभिड–१९ सङ्क्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका सबै मानिसको पीसीआर परीक्षण स्वास्थ्य मन्त्रालयअन्तर्गतको ‘केस इन्भेस्टिकेशन एण्ड कन्ट्याक्ट ट्रेसिङ’ (सीआईसीटी) सँगको सहकार्यमा सम्पन्न गर्ने निर्णय पनि गरेको छ । काठमाण्डौ उपत्यकामा अहिले सङ्क्रमणको दर बढ्दै गएको छ । त्यसैले पनि फोरमले निषेधाज्ञालाई केही समय थप गर्न सुझाव दिँदै पीसीआर परीक्षणलाई बढाएर सङ्क्रमणको स्थितिलाई नियन्त्रणमा लिने योजना बनाएको हो ।

अहिले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिको पीसीआर परीक्षण नभएकोले स्वास्थ्य मन्त्रालयको टिमसँग समन्वय गरी क्लोज कन्ट्याक्टमा रहेका सबै मानिसको एक पटक पीसीआर परीक्षण गर्ने निर्णय गरेको हो ।

1

Scroll to Top