टिस्टुङ, भदौ १० । विश्वमा दुर्लभ र विषालु मानिने राजगोमन (किङ कोब्रा) प्रजातिको सर्प चित्लाङस्थित चन्द्रागिरि जंगलमा छाडिएको छ । उत्तरी मकवानपुरको थाहा नगरपालिका–९, चित्लाङमा उद्धार गरिएको राजगोमनलाई चन्द्रागिरि जंगलमा छाडिएको हो ।
गत साउन ७ गते राति चित्लाङका बुद्ध बलामीले आफ्नै घरभित्र अनौठो सर्प देखेपछि वडाध्यक्ष पर्शुराम श्रेष्ठलाई फोन गरेका थिए । वडाध्यक्ष श्रेष्ठकै पहलमा भक्तपुरबाट सर्प उद्धार समूहका सदस्य बोलाइ सोमबार राजगोमनको उद्धार गरिएको थियो । राजगोमन नौ फिट १० इन्च लामो र चार किलो तौलको उक्त सर्प चन्द्रागिरी जंगलमा सुरक्षित तरहले छोडिएको हो ।


