काठमाडौं उपत्यकामा थप एक साता भदौ १७ सम्म निषेधाज्ञा जारी रहने भएको छ। काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
गत बुधबारदेखि घोषणा गरिएको निषेधाज्ञाको अवधि बुधवार मध्यराति सकिँदै छ ।
साथै, थप गरिएको निषेधाज्ञा अवधिमा आईसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ ।
उपत्यकामा अब भदौ १७ सम्म अत्यावश्यक बाहेकका सबै सेवा तथा व्यवसाय बन्द हुने छन्।


