Banijya News

अकबरे खुर्सानीमा नयाँ रोग देखिएपछि इलामका कृषक चिन्तित

1
1.0K Shares

रोगले अकबरे (खुर्सानी) सखाप भएपछि किसान चिन्तित बनेका छन् । व्यावसायिक खेतीमा लागेका किसानको अकबरे रोगले सखाप बनाएपछि उत्पादन घटेको छ ।

अकबरेको डाँठ कुहिने र बोट ओइलाउँदै जाने एउटा रोग देखिएको छ भने अर्को अकबरेको जरा ओइलाउने र एक्कासी कुहिने रोग देखिएको हो ।

यस वर्ष रोगले अकबरेबाट आम्दानी आधा हुने इलाम नगरपालिकाका अकबरे किसान डिल्ली चापागाईंको भनाइ छ । गएको वर्ष अकबरेबाट डेढ लाख कमाइ भएकामा यस वर्ष ५० हजार रुपैयाँ मात्र हुने उनको अनुमान छ ।

गएको वर्ष १ हजार बिरुवा लगाएकामा करिब डेढ÷दुई सय बिरुवाले मात्र उत्पादन दिँदै गरेको चपागाईंको भनाइ छ । किसानले मौसम बदली भएर अकबरे मासिएको भने पनि प्राविधिक र विज्ञले भने नयाँ रोग भित्रिएको बताएका छन् ।

गत फागुनमा ८ सय बिरुवा अकबरे खेती गरेका सूर्योदय नगरपालिका–९ का किसान एवं प्राविधिक खेमराज भट्टराईले सबै बोट कुहिएको दुखेसो गरे । रोगले अकबरे सखाप भएपछि अकबरे लगाएको बारीमा फूलगोभी खेती गरिएको भट्टराईको भनाइ छ । रासस

1

Scroll to Top