Banijya News

एकैदिन १२ जनाको कोरोनाबाट मृत्यु, मृत्युहुनेको संख्या २०७ पुग्यो

1
1.0K Shares


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । शनिबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभर गरेर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र ९ जना पुरुष रहेका छन् ।


प्रवक्ता गौतमका अनुसार पछिल्लो समय काठमाडौँकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । त्यस्तै, पाल्पाकी ३० बर्षिय महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ ।


त्यस्तै मृत्यु हुने ९ जना पुरुषमा भक्तपुरका ८२, पर्साका ४८ र ३९, सिरहा ८४, गोरखामा ३८, काठमाडौँमा ८३, ललितपुरमा ७२ र ६१, र कास्कीका ५८ वर्षीय पुरुष्को कोरोनाका कारण मृत्यु भएको हो ।

1

Scroll to Top