स्याङजाः काठमाडौंबाट चापाकोट नगरपालिका जाँदै गरेको बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते छन् । ४ जना सवार एम्बुलेन्स सडकबाट अन्दाजी २ सय ५० मिटर तल खसेको थियो । मृत्यु हुनेमा चापाकोट— १० का २५ वर्षीय श्याम पंगेनी र चापाकोट—९ का ३५ वर्षीय भानुभक्त गैह्रे रहेको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
दुर्घटनामा पर्नेमा चापाकोटका २८ वर्षीया गर्भवती समेत छिन् । उनी कोरोना महामारी पछि सुरक्षित स्थानको खोजीमा आफ्नो घर वालिङ् नगरपालिका एम्बुलेन्सबाट फर्किदै थिइन् ।
उनीहरु दुबैको वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको उनले बताए । घाइते भएका ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, ३२ वर्षीय पवित्रा पोखरेललाई थप उपचारको लागि पोखरा पठाइएको छ ।


