Banijya News

रुपन्देहीको भैरहवामा थप एकजना कोरोना संक्रमितको मृत्यु

1
1.0K Shares

भदौ १७, २०७७ अर्घाखाँचीः रुपन्देहीको भैरहवामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । भीम अस्पताल भैरहवामा उपचार गराइरहेकी नवलपरासीकी ६५ वर्षीय महिलाको मंगलबार राती मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए ।


लुम्बिनी प्रादेशिक अस्पताल बुटवलबाट रेफर भै उपचारका लागि भैरहवा भीम अस्पताल भर्ना भएकी ती संक्रमितमा उच्च रक्तचाप र मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ । बुटवलमा आइसियु बेड खाली नभएर यही भदौ १५ गते उनी भीम अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् ।


उनमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वासप्रश्वासमा समस्या भएकोले उनको आइसीयुमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो ।

1

Scroll to Top