काठमाण्डौ । निजी ल्याबहरुको रिपोर्टका आधारमा कोरोना बीमाको दाबी भुक्तानी नपाइने विषयको सर्वत्र आलोचना भएपछि बीमा समितिले नयाँ मापदण्ड बनाएर निजीलाई समेत मान्यता दिने तयारी थालेको छ । समितिले ‘कोरोना बीमा मापदण्ड, २०७७’ संशोधन गर्ने बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला पक्षसमेतको संलग्नतामा सुझाव समिति गठन गर्ने भएको छ ।
सुझाव समितिले दिएको आधारमा मान्यता प्राप्त निजी क्षेत्रका ल्यावलाई समेत मान्यता दिने तयारी गरको हो । समितिले हालका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ४७ वटा सरकारी तथा निजी ल्याबहरुलाई कोरोना परिक्षणको अनुमति दिएको सस्थामा गरेको परीक्षणले मात्र मान्यता पाउँने बताएको छ ।
यसका लागि यो मापदण्ड संशोधन नहुन्जेलसम्मका लागि कोरोना बीमालेख खरिद गरेका बीमितहरुलाई स्वास्थ्य मन्त्रालयअन्तर्गतका निकाएमा पीसीआर गर्न भनेको छ । यसका साथै स्वास्थ्य मन्त्रालयलाई पीसीआर परीक्षणमा सहजता प्रदान गर्न पनि समितिले आग्रह गरेको छ ।


