Banijya News

डेढ महिनापछि नेकपा स्थायी कमिटी बैठक शुक्रबार बस्दै

1
1.1K Shares

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक डेढ महिनापछि शुक्रबार बस्ने भएको छ। गत साउन १३ देखि अनिश्चित बनेको स्थायी कमिटी बैठक भदौ २६ मा हुने गरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच सहमति भएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दुई अध्यक्षबीच भदौ २६ गते स्थायी कमिटी बैठक बोलाउने सहमति भएको जानकारी दिए।

गत असार १० गते शुरु भएको स्थायी कमिटी बैठक आन्तरिक विवादकै कारण पटकपटक स्थगित हुँदै आएको थियो ।

1

Scroll to Top