Banijya News

घर, गाडी र हायर पर्चेज कर्जाको ब्याजदर स्थिर राख्न राष्ट्र बैंकको निर्देशन

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जाको ब्याजदर स्थिर राख्न निर्देशन दिएको छ । केन्द्रिय बैंकले मंगलबार एकिकृत निर्देशिका २०७७ जारी गर्दै एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।


यसअघि कर्जा लिने समयमा सस्तो ब्याजदरमा कर्जा लगानी गरेपनि त्यसको केहि महिनामा नै ब्याजदर बढाउने गरेको गुनासो ऋणीहरुले गर्दै आएका थिए । नयाँ व्यवस्थाले घर तथा गाडी कर्जा लिएर ब्याजदर महंगो हुँदा किस्ता रकम समेत महंगिने पीडाबाट प्रताडितहरुले राहात पाएका छन् ।


ग्राहक स्वयंले इजाजतपत्र प्राप्त संस्थाको आधारदर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न भने सक्नेछन् ।

नयाँ व्यवस्था भएसँगै अब व्यक्तिको नाममा प्रवाह हुने घर कर्जा, गाडी कर्जा र हायरपर्चेज कर्जा लगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका कर्जाको ब्याजदर भुक्तानी अवधिभर परिवर्तन नहुने गरी स्थिर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था भएको हो ।

यसअघि मासिक र त्रैमासिक र आवधिक किस्तामा भुक्तानी हुने गरी व्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा, लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थिर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नुपर्नेछ ।

व्यवस्थाको अनुपालनाको लागि कर्जाका शर्त वा भुक्तानी तालिका वा किस्ता रकममा भएको परिवर्तनलाई पुनर्तालिकिकरण वा पुनर्संरचना नमानिने केन्द्रिय बैंकले जनाएको छ ।

1

Scroll to Top