गण्डकी प्रदेशमा थप ४९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराले सार्वजनिक गरेको परीक्षणमा गण्डकीमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित पुष्टि हुनेमा कास्कीका १९, स्याङ्जाका १२, बागलुङका ९, नवलपरासी पूर्वका ५, तनहुँका ३ र पर्वतका १ जना रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । संक्रमतिमा कास्कीको पोखरा महानगरपालिका— १५ की २३ वर्षीया महिला पश्चिमाञ्चल सामुदायिक अस्पताल पोखरामा कार्यरत स्टाफ नर्स हुन् ।
त्यस्तै, पोखरा महानगरपालिका( १९ का २२ वर्षीय पुरुष पोखरामा र पर्वतका २८ वर्षीय पुरुष कुश्मामा नेपाल प्रहरीमा कार्यरत छन् । उनीहरु सबैलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको योसँगै गण्डकीमा संक्रमितको संख्या २ हजार ७ सय २८ पुगेको छ ।


