Banijya News

तेजाब हान्ने अपराधीलाई दण्डित गर्ने कानुन बनाउन प्रधानमन्त्रीको निर्देशन

1
1.0K Shares

काठमाडौं ः प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाबलगायत घातक रसायन गरी अङ्गभङ्ग तुल्याउने अपराधीलाई हदैसम्म दण्डित गर्नेगरी १५ दिनभित्र नयाँ कानुन बनाउन कानुनमन्त्री र संबद्ध निकायलाई निर्देशन दिएका छन् ।


प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गर्ने क्रममा यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी कार्यक्रममा एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु¥याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।


मौजुदा फौजदारी अपराध संहितामा तेजाबसम्बन्धी सजायमा अपराध गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरूप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्मको व्यवस्था गरिएको छ । शरीरको अन्य अङ्ग करूप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना निर्धारणको तयारी गरिएको छ ।

1

Scroll to Top