प्रभु बैंक लिमिटेड र सरकारी डाक्टरहरुको संगठन सरकारी डक्टर्स एसाेसिएसन (गोदान) बीच बैंकिङ कारोबार गर्ने सम्बन्धी सम्झौता भएको छ।
प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहलमा एक समारोहकाबीच सम्पन्न सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र गोदानका तर्फबाट अध्यक्ष डा. रबिन खडकाले हस्ताक्षर गरेका छन्।
उक्त अवसरमा प्रभु बैंकका नायब कार्यकारी प्रमुख मनिराम पोखरेल र सरकारी डक्टर्स एशोसियसनका तर्फबाट वरिष्ठ उपाध्यक्ष डा. विजय थापा, उपाध्यक्ष डा. सुशिल मोहन भट्टराई, महासचिव डा. किर्ती बाल सुवेदी, निवर्तमान उपाध्यक्ष डा. नविन पोखरेल र डा. छिरिङ लामाको उपस्थिति रहेको थियो ।
सम्झौता बमोजिम प्रभु बैंक गोदानको आधिकारिक बैंकको रुपमा रहनेछ। सरकारी डक्टर्स एशोसियसनले आफ्नाे सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंकमार्फत गर्नेछ। सरकारी डक्टर्स एशोसियसनको सदस्यता प्राप्त गरेका सरकारी डाक्टरहरुले आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट बिना झण्झट सर्वसुलभ रुपमा विभिन्न खाता खोली बैंकिङ कारोबार गर्न सक्नेछन् ।
उक्त खाता सञ्चालन गर्दा मोबाईल बैंकिङ्ग इण्टरनेट बैंकिङ्ग, एटिएमलगायत अत्याधुनिक प्रविधियुक्त सेवाहरु निशुल्क उपभोग गर्ने सक्नेछन् । यसका साथै सहुलियत ब्याजदरमा घरकर्जा, सवारी साधन कर्जा, शैक्षिक कर्जा, प्रोफेशनल कर्जा तथा दैनिक उपभोग्य वस्तु खरिद कर्जा लगायतका कर्जा सुविधाहरु समेत प्राप्त गर्न सक्नेछन् ।
सो सम्बन्धी सेवा प्रवाह सम्बन्धमा आवश्यक जानकारी तथा सहजीकरण गर्नका लागि बैंकले प्रधान कार्यालय बबरमहलमा एक जना विभागीय प्रमुखलाई सम्पर्क व्यक्तिको रुपमा तोकेको छ।


