Banijya News

बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ

1
1.0K Shares

जिल्ला प्रहरी कार्यालय धादिङले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन्।

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई आज पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए।

बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ। बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ।रासस

1

Scroll to Top