Banijya News

घरबेटीको कुटाइबाट डेलावालको मृत्यु

1
1.0K Shares

काठमाडौँको कीर्तिपुरमा घरबेटीको कुटाइबाट एक जना डेलावालको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका– ७ का ६६ वर्षीय प्रेमलाल महर्जनले आफ्नै घरमा डेरा गरी बस्नै बाराको कलैया घर भएका ४८ वर्षीय शम्भु चौधरीलाई कुटपिट गर्दा मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए ।


चौधरीको घरबेटीसँग पहिलैदेखि विवाद रहँदै आएको र शुक्रबार त्यही विषयमा थप विवाद हुँदा महर्जनले भाटाले हानेका थिए । महर्जनको कुटाइबाट घाइते भएका चौधरीलाई उपचारका लागि कीर्तिपुर मोडल अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो ।


उनका अनुसार अहिले मृतक चौधरीको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारजगन्ज लगिएको छ । प्रहरीले भाटा प्रहार गर्ने घरबेटीलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

1

Scroll to Top