Banijya News

निजी कम्पनीले गरेको परीक्षण रिपार्टको अधारमा समेत बीमा भुक्तानी हुने

1
1.0K Shares

काठमाण्डौ । बिमा समितिले निजी ल्याबको रिपोर्टलाई समेत मान्यता दिई कोरोना बिमाको दाबीभुक्तानी गर्ने भएको छ । विरोध बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयबाट कोभिड १९ परीक्षणका लागि सूचिकृत भएका निजी कम्पनीले गरेको परीक्षण रिपार्टको अधारमा समेत बीमा भुक्तानी गर्ने भएको हो ।


साउन २१ गते एकाएक सर्कुलर जारी गर्दे सरकारी सस्थाले गरेको परीक्षण रिपार्टलाई मात्र मान्यता दिन सर्कुलर गरेको थियो । जुन जारी कोरोना मापदण्ड, २०७७ र कोरोना बिमालेखमा समेत संसोधन गर्दै समितिले यस्तो निजीलाई समेत मान्यता दिएको हो ।


बिमा समितिले मापदण्डमा समयसापेक्ष संसोधन गर्दै अब निजी ल्याबको रिपोर्टका आधारमा समेत कोरोना बीमाको दाबी भुक्तानी गर्न सकिने व्यवस्था नयाँ ब्यावस्था गरेको हो । बीमा समितिले कोरोना बीमा अन्तर्गत एकल बीमालेख सम्बन्धी व्यवस्था समेत हटाए र सामूहिक बीमालेख मात्र खरीद गर्न सकिनेछ नयाँ ब्यवास्था गरेको छ ।

1

Scroll to Top