Banijya News

गरिबलाई कोरोना लागे अस्पताल होइन पहिला विपन्नता प्रमाणित गर्न जानुपर्ने

1
1.0K Shares

काठमाडौं । अब कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने भएको छ । सरकारले विपन्न वर्गका कोरोना संक्रमितहरुलाई मात्र उपचार गर्ने भएपछि अव कोरोना संक्रमण भएमा आफैले उपचार गर्नुपर्ने भएको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले सरकारले कोरोना संक्रमित विपन्न वर्गको मात्र निशुल्क उपचार गर्ने विषयमा छलफल अगाडि बढिरहेकोले केही दिन भित्रै यस्को निर्णय हुने बताए । उनले भने ‘आफै उपचार गर्ने बिषयमा छलफल भइरहेको छ, छिट्टै नै त्यसको निर्णय हुन्छ ।’


सरकारको यो निर्णय लागू भएमा अव विपन्न बाहेक अन्य सबैले आफ्नै खर्चमा उपचार गर्नुपर्ने हुन्छ । त्यती मात्र होइन जो बिपन्न छन् उनीहरुको बिपन्न भएको प्रमाण खोज्नुपर्ने भएको छ ।सरकारले हालसम्म सबै कोरोना संक्रमित उपचार निःशुल्क गर्दे आएको थियो ।

1

Scroll to Top