Banijya News

वामदेव गौतम राष्ट्रिय सभा मा मनोनीत,शपथ आज ४ बजे

1
1.0K Shares

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य मनोनित भएका छन् । सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको हो । गौतमको शपथ आज ४ बजेका लागि तोकिएको छ।

उनलाई राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले शपथ खुवाउनेछन्। लामो समयदेखि गौतम संघीय संसदको सदस्य हुन प्रयासरत थिए।

राष्ट्रिय सभामा एकजना महिलासहित तीनजना सदस्य राष्ट्रपतिले मनोनीत गर्ने संवैधानिक व्यवस्था छ। तीन जना सदस्यमध्ये डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि पद रिक्त रहेकोमा रिक्त रहेको पदमा गौतमलाई सदस्य बनाउने निर्णय गरिएको थियो ।

1

Scroll to Top