नेपालमा पछिल्लो २४ घण्टामा ७ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा २०२० जना कोरोना संक्रमित पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित छन् भने ९ हजार २९५ जना संस्थागत आइसोलेसन छन्। पछिल्लो २४ घण्टामा ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ । हाल क्वारेन्टाइनमा ७ हजार ७३६ जना छन् ।


