काठमाडौं : कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या देशभर चार सय नाघेको छ। पछिल्लो २४ घण्टामा देशभर ११ जनाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमणका कारण देशभर मृत्यु हुनेको संख्या ४०१ जना पुगेको छ।
शनिवार थप १२०४ जनामा कोरोना संक्रण पुष्टि भएको छ। यो अवधिमा १० हजार ३३३ जनाको स्वाब परीक्षण गरिएको थियो।शुक्रवार २०२० जनामा कोरोना पुष्टि भएको थियो।


