काठमाडौँ उपत्यकामा २४ घण्टामा थप ७११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका पछिल्लो २४ घण्टामा थप ७११ जनामा कोरोना भाइरस संक्रमित थपिएको पुष्टि गरेको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । नेपालमा पछिल्लो २४ घण्टामा थप १२०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १२०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए । पछिल्लो २४ घण्टामा थप १० हजार ३३३ पीसीआर परीक्षण भएसँगै नेपालमा अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ ।


