Banijya News

परिमाण भन्दा कम तौल भेटिए पछि तेलमिललाई २ लाख रुपैयाँ जरिवाना

1
1.0K Shares

दाङको तुलसीपुरमा तोकेको परिमाण भन्दा कम तौल भेटिए पछि तेलमिल उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ । तुलसीपुर उपमहानगरपालिका रहेको रिजाल वन्धु तेलमिल उद्योगलाई वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले नेपालगञ्जले जरिवाना गरेको हो ।

कार्यालयको अनुगमन टोलीले उक्त उद्योगमा बिक्रिका लागि प्याक गरिएकोे शुद्ध तोरीको १ लिटरको बोत्तलमा तेल नापजाँच गर्दा तौल कम भेटिए पछि जरिवाना सहित तत्काल सुधार गर्ने निर्देशन समेत गरेको बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालजञ्जका प्रमुख कृष्ण पौडेलले बताए ।

कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण अनुगमनले निरन्तरता पाउन सकेको थिएन् । समयमा बजार अुनमगन नहुँदा उपभोक्ता मारमा परेकोले अहिले छडेके अनुगमनलाई तिव्रता दिइएको गुणस्तर तथा नापतौल कार्यालय नेपालगंञ्जका वरिष्ठ निर्देशक योगेन्द्र पौडेलले बताए । विभागले उपभोग्य बस्तुको गुणस्तर, नापतौल, मूल्य निर्धारणमा अनुगमन गर्दै आएको छ ।

1

Scroll to Top