काठमडौं ।
इण्डियन प्रिमियर लिग (आइपिएल)को पहिलो खेल चेन्नई सुपर किंग्सले ५ विकेटले जितेको छ । शनिवार राती युएईको आबुधाबीमा भएको उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नईले जितेको हो ।
मुम्बई इण्डियन्सले दिएको १ सय ६३ रनको लक्ष्य पछाएको चेन्नईले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । चेन्नईको जितमा फाफ डु प्लेसिस ४४ बलमा ६ चौका सहित ५८ रनमा अविजित रहे । टस हारेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १६२ रन बनाएको हो ।
अन्तिम ओभरमा जितका लागि पाँच रन चाहिँएको अवस्थामा फाफ डु प्लेसिसले ट्रेन्ट बोल्टलाई सुरुवाती दुई बलमा लगातार चौका प्रहार गर्दै जित दिलाएका थिए । चेन्नईका लागि अम्बाती रायडूले सर्बाधिक ७१ रन बनाए भने फाफ डुप्लेसीले ५५ रन बनाए ।
त्यस्तै साम कुरानले १८ बनाए । रविन्द्र जडेजा १८ औं ओभरको पहिलो बलमा क्रुनाल पान्ड्याको एलबिडब्लू आउट हुनुअघि ५ बलमा २ चौका सहित १० रनमा आउट भए । गएको वर्षको फाइनलमा मुम्बईले चेन्नईलाई १ रनले हराएको थियो । चेन्नईले दोस्रो खेलमा सेप्टेम्बर २२ मा राजस्थान रोयल्ससँग खेल्ने छ । मुम्बईले २३ सेप्टेम्बरमा कोलकाता नाइट राइडर्ससँग खेल्ने छ ।


