अब मह जोडी अर्थात् मदनकृष्ण श्रेष्ठ तथा हरीवंश आचार्यको नयाँ स्टिकर भाइबरमा देखिने भएको छ । बहुचर्चित जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भाइबरमा रमाइलो स्टिकर प्याक सुरु गरेसँगै उनिहरुलाई भाइबरमा देख्न पाइने भएको हो ।
यो स्टिकर प्याकले मह जोडीद्वारा अभिनीत टेलिशृंखलाको लोकप्रिय केही संवादहरु विभिन्न स्टिकरहरुद्वारा व्यक्त गर्न सकिनेछ ।
अब यी जोडीका फ्यानहरुले आफ्ना भावनाहरुलाई मह जोडीको शैलीमा व्यक्त गर्न सक्ने भाइबरले जनाएको छ ।


