Banijya News

यातायात व्यवसायीले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने

1
1.0K Shares


यातायात व्यवसायीले सबै सिटमा यात्रु राखेर यातायात संचालन गर्ने पाउनुपर्ने माग राखेका छन् । सरकारले एयरलाइन्सलाई भौतिक दूरी कायम गरेर पूर्ण क्षमतामा जहाज उडान गर्न पाउने तर यातायात क्षेत्रले चंै किन नपाउँने भन्दै सबैलाई सम्मन रुपले ब्यावहार गर्न माग राखेका हुन् । जाहाज र गाडीलाई समान व्यवहार नगरे यातायात व्यवसायी पुरानै भाडामा स्वास्थ्य मापदण्ड मानेर पूरा सिटमा राख्न पाउनु पर्ने माग ब्यवसायीको छ ।


जाहाजमा पूरा सिटमा मान्छे राख्न दिएर सरकारले विभेदकारी नीति ल्याएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलालले बताए । उनले भने– ‘गाडीमा चाही आधा मात्र यात्रु’ राख्न पाउने, जाहाजमा जे गर्दा नी हुने । जाहाजमा कोरोना सर्दैन ?’


उनले आकाशमा उडने र भुइमा गुडनेलाई राज्यले नै अलग ब्यबहार गरेको बताए ।

1

Scroll to Top