Banijya News

आरटीजीएस प्रणाली कारोबारका लागि समयसीमाः वास्तविक समयमै भुक्तानी पाइने

1
1.0K Shares

४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कारोबारका लागि समयसीमा तोकेको छ । युके एड बेलायतको प्रावधिक तथा आर्थिक सहयोगमा नेपालमा आरटीजीएस प्रणाली सुरुवात गरिएसँगै समयसिमा तोकेको हो ।


एक वर्षअघि राष्ट्र बैंकले आरटीजीएस प्रणाली कार्यान्वयनमा ल्याएको थियो । यो प्रणाली लागू भएसँगै चेक नकाटी सिधै एक बैंकको खाताबाट अर्को बैंकको खातामा भुक्तानी हुने गरेको थियो । नयाँ प्रणाली लागु भएपछि अव कारोबार भएको वास्तविक समयमै बैंकहरुबाट तुरुन्तै भुक्तानी पाइनेछ भने चेकको क्लियरिङ गरिरहनु पर्दैन ।


राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आरटीजीएस प्रणाली सम्बन्धी नियमावली, २०१९ अनुसार समय सीमा तोकेको हो । समयसिमा तोकेपछि अव आइतबारदेखि बिहीबारसम्म साधारण कार्यालय समयको विहान १०ः३० बजेदेखि अपरान्ह ३ बजेसम्म ग्राह सेवा र अन्तर बैंक कारोबार ३ बजेदेखि ३ः४० बजेसम्म गर्नुपर्ने छ । शुक्रबारका लागि भने ग्राहक तथा अन्तर बैंक दुबैका लागि १०ः३० बजेदेखि १ बजेसम्म तोकिएको हो ।

1

Scroll to Top